युके जान अन्तरवार्ताका लागि ७१ नर्स छनोट (सूचीसहित)
काठमाडाैं | मंसिर १२, २०८०
काठमाडौं: बेलायतमा रोजगारीका लागि ७१ जना नेपाली नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् ।
वैदेशिक रोजगार विभागले अन्लाइन फाराम भरेकामध्ये अन्तार्वार्ताका लागि ७१ जना नर्सलाई छनोट गरी नाम सार्वजनिक गरेको हो ।
अन्तरर्वार्तापछि बेलायत जानेहरूको अन्तिम नाम सार्वजनिक गरिनेछ । प्रारम्भिक सूचीमा नाम प्रकाशित भएका नर्सलाई अन्तार्वार्ताका लागि डिसेम्बर ४ देखि ७ तारिखसम्म बोलाइएको छ ।
बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायत सरकारबीच गत भदौमा सम्झौता भएको थियो ।
नेपाल र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउने प्रक्रिया अगाडि बढाएको थियो ।
जसअनुसार १०० जना नर्सको लागि अनलाइन आवेदन आह्वान गरिएकोमा ७१ जनामात्र अन्तर्वार्ताका लागि छनोट भएका हुन् ।
सूची:-
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...
पोखरा: पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाईरल गायक उज्जन शाक्य पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवक...

